(१) नेपाली सेनाले आयोजना गरेको समारोह वा कार्यक्रम स्थलको सुरक्षा र व्यवस्था गर्न सैनिक प्रहरीले देहायको कार्य गर्न सक्नेछः–
(क) समारोह वा कार्यक्रम स्थलमा आउने सवारी साधनको पार्किङ्गको व्यवस्था गर्ने र ट्राफिक नियन्त्रण गर्ने,
(ख) समारोह वा कार्यक्रम स्थलमा आउने व्यक्तिहरुको लागि मर्यादाक्रम अनुसार बस्ने व्यवस्था मिलाउने,
(ग) समारोह वा कार्यक्रम स्थलमा आउने व्यक्तिहरुको परिचयपत्र र प्रवेश पास जाँच गर्ने,
(घ) समारोह वा कार्यक्रम स्थल वरिपरि असम्बन्धित व्यक्तिको आवत जावत नियन्त्रण गर्ने,
(ङ) अति विशिष्ट र विशिष्ट व्यक्तिको समारोह वा कार्यक्रम स्थलमा आगमन र प्रस्थान हु“दा सुरक्षाको आवश्यक व्यवस्था
गर्ने ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली सेनाले आयोजना गरेको समारोह बाहेक अन्य सरकारी समारोह वा कार्यक्रम स्थलको सुरक्षाको लागि अनुरोध भएमा सैनिक प्रहरीले आवश्यक सुरक्षा र व्यवस्था गर्नेछ ।